काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड २६ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड २६ लाख ८३ हजार ८ सय ७४ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३२ लाख ४५ हजार १ सय ५८ पुगेको छ। त्यस्तै ब्राजिलमा १८ लाख ३९हजार ८ सय ५०, भारतमा ८ लाख २० हजार ९ सय १६ र रुसमा ७ लाख १९ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ६४ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ६४ हजार ४ सय ८५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३४ हजार ७ सय ७७, ब्राजिलमा ७१ हजार ४ सय ६९, बेलायतमा ४४ हजार ८ सय ८३, इटालीमा ३४ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ।
विश्वभर ६९ लाख ८० हजार ६ सय ७१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १२ लाख ४४ हजार ७१, अमेरिकामा ९ लाख ९५ हजार ५ सय ७६, रुसमा ४ लाख ९६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १६ हजार ७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ हजार ४सय ८२ जना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८ लाख २० हजार ९ सय १६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २२ हजार १ सय २३ पुगेको छ। भारतमा हालसम्म ५ लाख १५ हजार ३ सय ८६ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ४६ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार १ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ५३ हजार १ सय ३४जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ५ सय ११ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ८० छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार १ सय २९ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ८८ हजार ३४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३४ हजार ३ सय ६६ पुगेको छ। अफगानिस्तानमा ९ सय ९४ जनाको मृत्यु भइसकेको छ भने २१ हजार १ सय ३५उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५७ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ६ सय ६४ रहेको छ। मृत्यु हुनेको संख्या १३ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार २ सय ६८ पुगेको छ ।