काठमाडौं - विगत दुई हप्तामा कुनै पनि बिरामी र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको बल्खुस्थित वयोधा अस्पतालले जनाएको छ।
ल्याब टेक्निसियनले कोरोना सारेको भन्ने खबर बाहिर आएपछि गएको दुई हप्तामा कुनै पनि बिरामी र कर्मचारीमा कोरोना नदेखिएको भन्दै अस्पतालले स्पष्ट पारेको हो।
अस्पतालका कार्यकारी निर्देशक रवि चौधरीले भने, ‘वयोधा अस्पतालमा गएको १४ दिनमा कुनै पनि बिरामी र कर्मचारीमा कोरोना देखिएको छैन। बिना आधार गलत सन्देश बाहिर गएको छ।’
स्वास्थ्यकर्मीले कोरोना फैलायो भनेर गलत खबर बाहिर आउँदा स्वास्थ्यकर्मीहरुको मनोबल घट्ने र स्वास्थ्य सेवा प्रभावित हुने उनले बताए। विशेषगरी काठमाडौंमा कोठा भाडामा बस्ने स्वास्थ्यकर्मीलाई यसले समस्यामा पार्ने उनको भनाई छ।