काठमाडौं- काठमाडौं र ललितपुरमा गरी आज ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ५ र ललितपुरमा १ जना गरी ६ जना संक्रमित थपिएको जानकारी दिए।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
योसँगै संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ।