काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड २८ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड २८ लाख ७२ हजार ४ सय ३४ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३३ लाख २ हजार ६ सय ६५ पुगेको छ। त्यस्तै ब्राजिलमा १८ लाख ६४हजार ६ सय ८१, भारतमा ८ लाख ४९ हजार ५ सय ५३ र रुसमा ७ लाख २६ हजार ३६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ६८ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ६८ हजार २ सय ९६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३५ हजार १ सय ७६, ब्राजिलमा ७२ हजार एक सय , बेलायतमा ४४ हजार ९ सय ४, मेक्सीकोमा ३५ हजार ६, इटालीमा ३४ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ।
विश्वभर ७० लाख ९२ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १२ लाख ६४ हजार ८ सय ९२, अमेरिकामा १० लाख ६ हजार ३ सय २६, रुसमा ५ लाख २ सय ८जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १६ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ हजार ५सय ८९ जना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८ लाख ४९ हजार ५ सय ५३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २२ हजार ६ सय ७४ पुगेको छ। भारतमा हालसम्म ५ लाख ३४ हजार ६ सय २१ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ४८ हजार ८ सय ७२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार १ सय ९७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ५६ हजार ७ सय जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ६ सय १७ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ८१ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ८३ हजार ७ सय ९५ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ९३ हजार ६ सय १४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३४ हजार ४ सय ५१ पुगेको छ। अफगानिस्तानमा १ हजार १० जनाको मृत्यु भइसकेको छ भने २१ हजार २ सय १६ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ७६ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ७ सय ३१ रहेको छ। मृत्यु हुनेको संख्या १३ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार २ सय ८४ पुगेको छ।