काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले आजबाट जिरियाट्रिक वार्ड सञ्चालन गर्दैछ। अस्पतालका सबै विभाग र वार्डबाट जेष्ठ नागरिक मैत्री सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
अस्पतालले सुलभ तरिकाले जेष्ठ नागरिकमैत्री हुनेगरी उपचारात्मक सेवा प्रदान गर्ने उदेश्यले जेरियाट्रिक वार्डको स्थापना गर्न लागेको अस्पतालले जनाएको छ।
मन्त्रालयबाट प्राप्त हुने करिब ५० लाख अनुदान र अस्पतालको अन्तरिक स्रोेतबाट निश्चित रकम जेष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि छुट्याई सो बजेटको सीमाभित्र रही निःशुल्क वा सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका सूचना अधिकृत अर्जुन भेटुवालले जानकारी दिए।