काठमाडौं- लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक ३२५ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४८ लाखभन्दा बढी मूल्य बराबरको साम्रगी उपलब्ध गराएको छ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गर्ने उद्देश्यका साथ लायन्स क्लबले ४८ लाख ६० हजार मूल्य बराबरको २९ हजार ६ सय थान भाइरस ट्राफर मिडियम किट (भिटिएम) उपलब्ध गराएको हो।
ती साम्रगी २६ वटा अस्पतालहरुमा हस्तान्तरण हुने डिस्ट्रिक ३२५ ले जनाएको छ।
भिटिएम किट पाउने अस्पतालहरुको सूचीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगायत रहेका छन्।
कोरोना महामारीको नियन्त्रणको लागि आगामी दिनमा पनि विशेष योजनाका साथ अगाडी बढ्ने डिस्ट्रिक ३२५ एटु का गर्भनर प्रा.डा सुशिला मल्लले बताइन्।