काठमाडौं- नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोभिडविरुद्दको खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिएको छ। औषधि व्यवस्था विभागले सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो।
चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले बुधबार ससर्त आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
चिनले नेपालमा ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। विभागको यो निर्णयसँगै खोप नेपाल आउने बाटो खुलेको छ।
