काठमाडौं- ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। राजधानीमा शनिबार सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ।
नव नियुत्त सञ्चालकहरु मध्येवाट डा आनन्द प्रसाद श्रेष्ठलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।
त्यसैगरी अस्पतालका अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त अधिकारी, टंक श्रेष्ठ, डा हरि किशोर श्रेष्ठ, डा राजेश किशोर श्रेष्ठ, डा केशव प्रसाद सिंह, डा गिसुप निख प्रसिको, डा रिता सिंह हमाल, डा सरोज सेढाँई र डा अनिश मुडभरी निर्वाचित भएका छन्।
नव निर्वाचित अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साभारण सभामा उपस्थित संचालक तथा शेयरधनीलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन्।
अध्यक्ष डा श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे। उनले आगामी दिनमा दक्ष चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरुको साथमा अस्पताल नयाँ ढंगबाट अगाडि लैजाने र ॐ अस्पताललाई पूर्ववत नेपालको पहिलो रोजाइको उपचार सेवा प्रदायक बनाउने दृढता समेत ब्यक्त गरे।
साधारण सभाकै सन्दर्भमा अस्पतालमा बिशेष योगदान पुर्याउने चिकित्सक, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ।
सम्मानित हुनेहरुमा ॐ हस्पिटलका मेडिकल कोअर्डिनेटर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ तथा आइसियु प्रमुख डा प्रमेश सुन्दर श्रेष्ठ, सघन उपचार कक्षका जुनियर कन्सल्ट्यान्ट डा बिपिन कार्की, अंकोलोजि वार्डकी नर्सिङ इन्चार्ज शुशिला कुँवर, सघन उपचार विभागकी नर्सिङ इन्चार्ज सविना ढकाल, इन्फेक्सन कन्ट्रोल नर्स निलम देवकोटा, हाउस किपिङकी सिनियर आया रस्मिला महर्जन, रिसेप्सनिष्ट रसिला तुलाधर छन्।