ललितपुर- कुपण्डोलस्थित विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो।
जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएको थियो। सो अनुसार ए क्याटेगोरी प्रयोगशाला संचालन गर्न दिइएको बताइएको छ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत ०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको बताइन्।
उक्त अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ। ल्याबका संचालक विके भण्डारीका अनुसार अहिले करिब २५ सय प्रकारका टेस्ट ल्याबमा गरिने भएको छ।
त्यस्तै ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण टेस्टहरु हुने जनाइएको छ। संचालक भण्डारीले हाल चलनचल्तिको मूल्यभन्दा कम मूल्यमा परीक्षण गर्ने तयारीमा रहेको बताए।
त्यस्तै ल्याबमा निसन्तान दम्पत्तिहरुका लागि पनि बाँझोपन परीक्षण सेवा उपलब्ध गराउन सुरु गरिएको ल्याबका कार्यकारी प्रमुख रविशंकर पोखरेलले बताए। उनका अनुसार एक महिनासम्म टेस्ट गर्न आउनेलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने ल्याबमा कोरोना भाइरस (कोभिड १९) विरुद्धक एन्टिबडी परीक्षण पनि भइरहेको छ।