काठमाडौं- समाज परिवर्तनका लागि सोचाइ नामक संख्याले युवाहरुलाई युथ फर न्युटेसन कार्यक्रम अन्तर्गत पोषणको विषयमा तीन दिने तालिम आयोजना गरेको छ।
युवाहरुलाई पोषणको विषयमा जानकारी दिइसमुदाय तथा स्कुलमा पोषणको विषयमा सचेतना फैलाउने उदेश्यले करिव २५ जना युवायुवतीहरुलाई सो तालिम दिएको संस्थाकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत बोनिता शर्माले जानकारी दिइन्।
उनका अनुसार बिहीबार देखि शुरु भएको तालिममा सहभागिहरुलाई किशोर अवस्था, गर्भवती तथा सुत्केरी अवस्था र महिनावारीको समयमा आवश्यक पर्ने पोषक तत्वहरुको विषयमा जानकारी दिइएको छ।
यस्तै शिशु जन्मिएपछि शिशुको लागि आवश्यक पर्ने पोषक तत्वहरु तथा कोरोना संक्रमणको समयमा कस्तो पोषक तत्वहरु आवश्यक पर्छ लगायतका विषयमा जानकारी दिइने छ।
पोषण सुधार अभियान्ता बोनिता शर्माको नेतृत्वमा यसअघि पनि सर्लाहीका युवतीहरुलाई पनि पोषणको विषयमा जानकारी दिइएको थियो।
सो तालिम प्राप्त युवाहरुले समुदायमा रहेका गर्भवती तथा सुत्केरी महिलाको पोषणको अवस्था तथा नजताज शिशु तथा बालबालिकामा भएको कुपोषण पत्ता लगाउन सहयोग पुग्ने शर्माले बताइन्।