काठमाडौं - युनिसेफले विश्वका प्रमुख १० वायुसेवा कम्पनीसँग कोभिड महामारी विरुद्धको प्रतिकार्यका लागि अत्यावश्यक औषधि, मेडिकल सामाग्री आपूर्ति गर्ने कार्यमा सम्झौता गरेकाे छ। नेपालस्थित युनिसेफको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
वायुसेवा कम्पनी एयर ब्रिज कार्गो, एयर फ्रान्सरकेएलएम, एस्ट्रल एभिएसन, ब्रसेल्स एयरलाइन्स, कार्गोक्स, क्याथे प्यासेफिक, इमिरेट्स स्काइकार्गाे, इथियोपियन एयरलाइन्स, इतिहाद एयरलाइन्स, आइएजी कार्गो, कोरियन एयर, लुफ्थान्सा कार्गो कतार एयरवेज, सउदिया, सिंगापुर एयरलाइन्स लिमिटेड र युनाइटेड एयरलाइन्सले युनिसेफसँग सम्झौता गरेका हुन्।
युनिसेफले गत मंगलबार मानवीय सहायताका लागि हवाइ ढुवानी पहलको सुरुवात गर्दै वायुसेवा कम्पनीसँग सम्झौता गरेकाे हाे।
विश्वभर न्यायोचित रुपमा कोभिड विरुद्धको खोप वितरण गर्न उद्देश्य स्थापित कोभ्याक्स फ्यासिलिटि लाई सहयोग पु¥याउन सम्झौतामा संलग्न वायुसेवा कम्पनीहरुले विश्वका १०० भन्दा बढी देशमा विभिन्न रुटहरुमा खोप पु¥याउने छन्।
सन् २०२१ को प्रारम्भसँगे कार्यान्वयन भएको कोभ्याक्स फ्यासिलिटिको पहिलो चरणमा १४५ देशलाई त्यहाँको कुल जनसख्ंयाको ३ प्रतिशतलाई पुग्ने गरी खोप वितरण गरिने छ।
आगामी दिनमा आइपर्ने अन्य मानवीय तथा स्वास्थ्य संकटसँग जुध्नका विश्वव्यापी बस्दोबस्तीको तयारी संयन्त्रको रुपमा सम्झौता जारी रहने बताइएको छ।
युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिल कोल्ड चेनयुक्त भण्डारणसहित छोटो अवधिमा धेरै परिमाण विश्वका विभिन्न स्थानहरूमा पु¥याउनु पर्ने गरी यस जीवन रक्षक खोपको ढुवानी कार्य आफैंमा एउटा विशाल एवं जटिल प्रकृया हो।’
उनलेकोभिड१९ को खोप वितरणका लागि युनिसेफलाई हवाइ ढुवानी साथ दिएको भन्दै वायुसेवा कम्पनीप्रति कृतज्ञता व्यक्त गरेकी छिन्।
युनिसेफले जीवन रक्षक सामाग्रीहरूको आपूर्ति कार्यको वायुसेवा कम्पनीले प्राथमिकतामा ध्यान दिनुका साथै तापक्रम नियन्त्रण तथा सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने समेत जनाएको छ।
‘आवश्यकता अनुसार विभिन्न रूटहरूमा ढुवानी क्षमता पनि वृद्वि गर्ने वायुसेवा कम्पनीहरूको प्रतिवद्वता ती सामाग्रीहरू समयमै सुरक्षित रूपमा पुर्याउनको लागि अत्यन्तै महत्वपूर्ण छ,’ युनिसेफले भनेको छ।
युनिसेफले अनुसार कोभ्याक्स सुविधामार्फत खोप वितरण पश्चात अग्रपंक्तिमा खटिने पेशाकर्मीहरूले उक्त खोप लगाएपछि अत्यावश्यक सेवाहरू सुरक्षित रूपमा पुनः सुचारु गर्नको लागि स्वास्थ्य तथा सामाजिक सेवा प्रणालीहरूलाई सहज हुने विश्वास व्यक्त गरेको छ।
युनिसेफले यस हवाइ ढुवानीमाफर्त नेपालमा पनि चाँडै नै कोभ्याक्स फ्यासिलिटिमार्फत खोपको पहिलो चरणको खोप आउने समेत जानकारी दिएको छ।
युनिसेफले आपुर्तिकर्ताहरू, वायुसेवा कम्पनीहरू र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्यमा खरीद र नेपालमा ढुवानीका साथै देशभरको शीतभण्डार सुरक्षा र खोपको दु्रत वितरण सुनिश्चित गर्नका लागि काम गरिरहेको छ।