काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली गएका छन्। आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएको उनको सचिवालयले जानकारी दिएको छ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्लीमा गएका हुन्। दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ।
उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ नेपाली दूतावासमा हुने बताइएको छ।
उपचारका क्रममा डा भट्टराईसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे छन्।