काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा मिर्गौला सम्बन्धित उपचार गराइरहेका डा गोविन्द कुमार लाभको उपचारका लागि आर्थिक अभाव भएको छ।
नेपाल चिकित्सक संघले २०७६ चैतदेखि टिचिङमा उपचार गराइरहेका डा लाभको आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि अपिल गरेको छ।
संघले उपचारका क्रममा हाल मुटुमा समस्या देखिएपछि एन्जियोप्लाष्टि गरी मिर्गौला डायलासिस गरिरहेको अवस्था उनको अवस्था थप गम्भीर भई भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
संघले डा लाभको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्न चाहने व्यक्तिले लक्ष्मी बैंकको रीना सिन्हा÷गोविन्द नाममा विराटनगर शाखामा रहेको खाता नम्बर ००६२४००४२९४ मा रकम जम्मा गर्न सक्ने जनाएको छ।