काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी) तहको खुला तर्फको दोस्रो म्याचिङको कार्यक्रम स्थगित गरेको छ। सर्वोच्च अदालतको १२ गतेको अन्तरिम आदेश अनुसार आयोगले १७ गतेदेखि हुने भनिएको म्याचिङ र भर्ना प्रक्रिया स्थगन गरेको हो।
सर्वोच्च अदालतले पिजी तर्फका विद्यार्थीलाई मेरिटको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको थियो। चिकित्सा शिक्षा आयोगले गत फागुन ४ र ५ गते मेरिट सूचीबाट हटाउन गरेको निर्णय कार्यान्वयन नर्गन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।
आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा दिएका सरकारी तर्फका १६ र खुला तर्फका ३६ जना गरी ५२ जनालाई दुर्गममा काम गरेको गलत विवरण पेस गरेको भन्दै मेरिट लिस्टबाट हटाएको थियो। आयोगले उनीहरुलाई मेरिटको लिस्टबाट हटाएपछि ६ जना उम्मेदवारले आयोगको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै फागुन ९ गते सर्वोच्वमा रिट निवेदन पेस गरेका थिए।
उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले मेरिट सूचीबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ।
![May be an image of text that says 'पत्र संख्या चलानी ६६३९४१३ ६६३९४१४ चिकित्सा किल्सा शिक्षा आयोग वेबसाईट:www.mec.gov.np ६६३९४१७, ६६३९४१८ सानोठिमी, भडतमुर सानोठिमी, भक्तपुर। मिति २०७७ १૧। चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुलातर्फको दोसो म्याचिडको कार्यक्रम स्थगित गरिएको सूचना यस आयोगको मिति २०७७ ૧૧ को सूचनामा देखि खुलातर्फको दोसो म्याचिड तथा भर्ना प्रक्रिया शुरु गर्ने उल्लेख भएकोमा मिति २०७७।११1१२ को सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार यस आयोगको मिति २०७७।१૧1१४ को निर्णयानुसार चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुलातर्फको दोसो म्याचिडको कार्यक्रम अको सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको उपसचिव परीक्षा निर्देशनालय'](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/154818087_1436256213380907_3443276128094844354_o.jpg?_nc_cat=101&ccb=3&_nc_sid=a26aad&_nc_ohc=Ap2NTQ0K1noAX97sgpq&_nc_ht=scontent.fktm6-1.fna&tp=6&oh=169908669f8a4a7d011c743e32d8895a&oe=60605585)