काठमाडौं— नेपाल नर्सिङ काउन्सिलका अध्यक्षसहित पाँच जना पदाधिकारीको चार वर्षे समयावधि सोमबारबाट सकिँदै छ। उनीहरुलाई २०७३ फागुन १७ गतेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको थियो।
काउन्सिलकी अध्यक्ष प्रा गोमादेवि निरौला, उपाध्यक्ष मिना पुन गुरुङ, सदस्यहरु तारा रम्तेल, लक्ष्मी तामाङ र टंकप्रसाद ओझाको समयावधि सोमबार सकिन लागेको हो। काउन्सिलको अध्यक्ष र अन्य पदाधिकारीको समय सकिन लागेपछि अबको अध्यक्षका लागि नेपाल नर्सिङ एशोसिएसनका पूर्वअध्यक्ष तारा पोखरेल र त्रिवि शिक्षण अस्पतालमा कार्यरत मन्दिरा वन्त कसरतमा लागेका छन्।
१५ सदस्यीय काउन्सिलको बोर्डमा अध्यक्ष, उपाध्यक्ष सहित निर्वाचनबाट ३ जना, नर्सिङ क्याम्पसबाट प्रतिनिधित्व गर्ने एक जना, स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा एकजना र मेट्रोनहरुबाट आउने २ जना, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का एक जना प्रतिनिधि सदस्य र एक जना कानुनी सल्लाहकार सदस्य रहन्छन्। काउन्सिलमा एक जना रजिष्ट्रार हुन्छ।
अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी नियुक्तिका लागि स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ।