काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका कार्यालयमा रहेका ६ जना उपसचिवको सरुवा र जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयमा नयाँ उपसचिवको पदस्थापनदेखि पुरानाको जिम्मेवारी हेरफेर भएको हो।
मन्त्रालयको कर्मचारी प्रशासनमा रहेका उपसचिव प्रमोद सिंखडा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। उनको स्थानमा नयाँ उपसचिव बाबुराम घिमिरे आएका छन्।
आन्तरिक प्रशासन तर्फ भानुभक्त न्यौपानेलाई ल्याइएको छ। उनी राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत थिए। आन्तरिकमा रहेका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रमा सरुवा गरिएको छ।
नीति योजनाका तारानाथ लुईटेललाई हटाएर उनको स्थानमा प्रकाश आचार्यलाई जिम्मा दिइएको छ।
मन्त्रालयमा रिक्त रहेको जेसी इकाईमा रोशनी कार्कीलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ।