काठमाडौं - स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि ले नवौँ वार्षिकोत्सव मनाएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य दर्पणले आफ्नौ नवौँ वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पणले स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७७ बाट १२ जना चिकित्सक, पारामेडिक्स २ जना र २ वटा संस्थालाई पनि सम्मान गरेको छ। स्वास्थ्य दर्पणले उक्त अवार्डबाट सात जना स्वास्थ्य पत्रकारलाई पनि सम्मानित गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिनमा डा दिव्या सिंह शाह लगायतको उपस्थिति थियो।