काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन्।
खोप लगाएपछि उनी खोप केन्द्रमा रहेको आराम कक्षमा छन्।
खोप लगाउन नेकपाका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डित पनि पुगेका छन्।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाइसकेका छन्।