काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्दको खोप निर्धक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन्। निजामती अस्पतालमा खोप लगाइसकेपछि छोटो प्रतिक्रिया दिँदै सभामुख सापकोटाले वैज्ञानिक अनुसन्धाबाट प्रमाणित भइसकेको खोपप्रति विश्वास रहेको प्रतिक्रिया दिएका हुन्।
उनले यो खोपमा रौं बराबरको पनि हिच्किचाहट नगरी लगाउन पनि अग्रह गरेका छन्।
यस्तो छ सापकोटाको प्रतिक्रिया
खोप लगाउँदा सुरुमा थोरै असर हुन्छकी भन्ने सोचेको थिएँ। विल्कुलै असर हुँदो रहेनछ। मैले थाहै नपाई खोप लगाइसक्नु भएछ। खोप लगाउने बेला हुँदैछ होला भन्ने सोचेको थिएँ उहाँहरुले खोप लगाइसक्नुभएछ। असाध्यै सहज रहेछ। मलाई खुशी लागेछ छ। खोप अभियान पूर्ण रुपमा सफल हुन्छ भन्ने मैले विश्वास लिएको छु।
खोप लगाइसकपछि मलाई अनुभूती के भएको छ भन्दा यो खोप सहज छ। यो खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको खोप भएकाले निर्धक्क भएर सबैले लगाउँदा हुन्छ। किनभने यो विज्ञानको प्रयोग हो। यो पूर्णरुपमा सफल हुन्छ। सम्पूर्ण नेपालीलाई कुनै पनि रौं बराबर पनि हिच्किचाहट नगरी खोप लगाउँदा हुन्छ। हाम्रो व्यस्थापन पनि त्यही अनुसार छ।