काठमाडौं- नेकपाका अध्यक्ष माधवकुमार नेपालले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर नेपालले खोप लगाएका हुन्।
खोप लगाएपछि उनले अरुलाई पनि खोप लगाउन आग्रह गरेका छन्। आफ्नो घरमा नै डाक्टर रहेकाले उनीहरुले यसअघि नै खोप लगाएको र कुनै समस्या नदेखिएको उनले प्रतिक्रिया दिएका छन्।