काठमाडौं - यूएनएफपिएले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब तीन करोड मुल्य बराबरको व्यक्तिगत सुरक्षा कवच पिपिई, प्रजनन् स्वास्थ्य किट्स सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
यूएनएफपिएले चीन सरकारको सहयोगमा ६ हजार ४८ पिपिई, ५० हजार ग्लोब्स, ५० हजार थान सर्जिकल मास्क र २७ सेट प्रजनन् स्वास्थ्य सामग्री मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हन्तान्तरण गरेको हो।
प्रजनन् स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन्। यसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसुति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने युएनएफपिएले जनाएको छ।
प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्ने मन्त्रालयले जनाएको छ। यसअघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत १२ सय सेट पिपिई र ३ हजार ६ सय थान स्यानिटाइजर मन्त्रालयलाई हस्तान्तरण गरेको थियो।