काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आइतबार कोरोनाविरुद्दको खोप लगाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।
मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएसँगै भोलीबाट दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान पनि सुरु हुने छ।
भोलीबाट ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्षक माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ।