काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्दको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।
आजबाट ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्षक माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ।