काठमाडौं- बाल रोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ। डा गणेशकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। सोसाइटीको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
शनिबार भएको कार्यकारिणी समितिको अनलाईन निर्वाचनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। राई निर्विरोध अध्यक्षमा चुनिएका हुन्। यस्तै सोसाइटीको उपाध्यक्षमा डा कैलाश प्रसाद साह निर्वाचित भएका छन्। उनले १९९ मत ल्याएका छन्। उपाध्यक्षका अर्का प्रत्यासी युवानिधी बसौलाको ११३ मत आएको छ।
महासचिवमा डा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा डा रामहरि चापागाईं पनि निर्विरोध चयन भएका हुन्।
सचिवमा डा विष्णुरथ गिरी निर्वाचित भएका छन्। उनले १७६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डा विजय थापाले ११८ मत ल्याएका छन्। यस्तै सह कोषाध्यक्ष पदमा डा राजु काफ्ले निर्विरोध निर्वाचित भएका छन्।
सदस्यहरुमा डा सुमित अग्रवाल २४४ मत, डा स्मृति माथेमा २३६ मत, डा प्रकाश जोशी २२४ मत, डा संगिता शाक्य २१३ मत, डा ओमकृष्ण पाठक २०७ मत र डा दीपक राजभण्डारी १८७ मत, डा महेशकुमार गौतम १८६ मत र डा अंशु झा १८२ मत ल्याएर विजयी भएका छन्।