काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन र नियमावाली परिमार्जन गर्न सुझाव माग गरेको छ। मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली,२०५५ परिमार्जन गर्नुपर्ने भन्दै सरोकारवालासँग सुझाव माग गरेको हो।
ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरुको सम्बन्धमा सुझाव पेस गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको हो। स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्न आग्रह गरेको हो।
मन्त्रालयले स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवा नियमावली परिमार्जन गर्न मस्यौदा समिति गठन गरेको छ। महेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले परिमार्जनका लागि आवश्यक काम अगाडि बढाइरहेको छ।