काठमाडौं- नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सभापति देउवाले आज थापाथलिस्थित नर्भिक अस्पताल पुगी नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
फागुन १४ गते मष्तिष्कघात भई कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन्। उनी अझै कोमामा रहेको अस्पतालले जनाएको छ।जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेका बताइएका छ।
सभापति देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको विषयमा कुराकानी गरेका थिए। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको र भेन्टिलेटरको सपोट रहेको जानकारी गराएका थिए । उनले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई पनि भेटेका थिए।