काठमाडौं- डिप्लोमा इन फार्मेसी स्टुडेन्ट्स एसोसिएसन अफ नेपाल (डिप्सान) ले फार्मेसी पसलको धनी र व्यवसायी (फर्मासिस्ट, फार्मेसी सहायक वा अनुमती प्राप्त व्यक्ती) एउटै व्यक्ति हुनुपर्ने माग गरेको छ। एसोसिएसनले आइतबार औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण पत्र बुझाउँदै फार्मेसी पसलको धनी र व्यवसायी एकै हुनुपर्ने माग गरेको हो।
नाम दर्ता प्रमाण पत्रको दुरुपयोग बढ्दो क्रममा रहेको भन्दै एसोसिएसनले अनधिकृत व्यक्तिबाट हुने औषधिको बिक्रि वितरण रोक्न विभागले तत्काल निर्णय गर्नुपर्ने बताएको छ।
विभागले तत्काल कुनै पहल नगरे संघर्षका कार्यक्रम ल्याउन पनि बाध्य हुने एसोसिएसनका महासचिव रंगमान मल्लले बताए। फार्मेसी पेशामा बढ्दो विकृति रोक्न विभागले पहल गर्नैपर्नेमा उनको जोड छ।
यो सहित एसोसिएसनले तीन बुँदे माग पनि अघि सारेको छ। पसल अनुगमन निरिक्षण नियमित एवं पारदर्शी बनाउनुपर्ने, जो व्यसायीको निवेदनको आधारमा फार्मेसी दर्ता गरिन्छ। उसैको निवेदनको आधारमा फर्म, फार्मेसी खारेजको व्यवस्था गर्नुपर्ने र नयाँ फार्मेसी दर्ता गर्दा धनी र व्यवसायी एउटै व्यक्ति कायम गर्नुपर्ने माग एसोसिएसनले अघि सारेको छ।
यो पनि :