काठमाडौं - चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसीले झापास्थित बिएण्डसी अस्पताललाई सम्बन्धन् नदिन माग गरेका छन्।
डा केसीले एक विज्ञप्ति जारी गरी कानून छलेर अवैध रुपमा सम्बन्ध दिन लागिएको भन्दै सम्बन्धको प्रक्रिया रोक्न माग गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘झापास्थित बिएण्डसि अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गर्दछौं । साथै, नैतिक रुपमा पतित, भ्रष्ट र आपराधिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्दछ भन्ने मान्यता राख्दछौं।'
आफ्नो माग पुरा नभए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने डा केसीले बताएका छन्।