काठमाडौं - त्रिपुरेश्वस्थित ब्लू क्रस अस्पतालले विश्व मिर्गौला दिवस मनाएको छ। इण्डियन मल्टि नेशनल कम्पनी वाकार्ड्को सह संयोजकत्वमा अस्पतालले दिवस मनाएको हो।
कार्यक्रममा वरिष्ठ नेफ्रोलोजिष्टहरु डा सुधा खकुरेल र डा रजनी हाडाले मिर्गौला रोगबाट बच्न सकिने उपायहरुको बारेमा बताएका थिए। अस्पतालले डायलाइसिस टेक्निसियनहरुलाई दिवसको अवसरमा सम्मान समेत गरेको थियो।
मिर्गौला रोगीको उपचारमा कुनै पनि किसिमको कमी हुन नदिने अस्पतालका प्रबन्धक सती देवी गौतमले बताइन्। कोरोना महामारीको समयमा पनि मिर्गौला रोगको उपचारमा प्रभाव पर्न नदिइएको अस्पतालको भनाई छ।