काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्दको खोप लगाएकी छिन्। राष्ट्रपति भण्डारी सोमबार अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना विरुद्दको कोभिसिल्ड खोप लगाएकी हुन्।
खोप लगाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले खोप अभियानमा सबैलाई सहभागि हुन आग्रह समेत गरेकी छन्।
फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो प्राथमिकतामा परेकाको खोप अभियान सुरु भएको थियो। यो अभियान अन्तरगत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइएको छ। नेपालमा हालसम्म १६ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन्।