काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ११४ जना कोरोनामा संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७९० जनामा गरिएको पिसिआर परीक्षणमा ११४ मा संक्रमण देखिएको हो।
हालसम्म २२ लाख २१ हजार ५१२ जनामा गरिएको पिसिआर परीक्षणमा २ लाख ७५ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ।
आज ९४ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्। निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ४९५ पुगेको छ।
आज देशभर ९१५ सजना सक्रिय संक्रमित छन् भने ५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज कुनै संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ३ हजार १४ जना संक्रमितको मृत्यु भएको छ।