फाइल तस्बिर
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरुका लागि खोप कार्यक्रम संचालन गरिने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप कार्यक्रमको विषयमा जानकारी दिँदै सरकारले हरेक नेपालीलाई छिटो खोप दिने लक्ष्य लिएपनि खोपको आपुर्ति कम भएको बताए।
उनले खोप आउने वित्तिकै दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुका लागि खोप अभियान संचालन गर्ने जानकारी दिए।
उनले खोप किन्न सरकारसँग बजेट भएको र किन्ने प्रक्रिया पनि अघि बढिसकेको बताए।
नेपालमा हालसम्म ५ प्रतिशत जनसंख्यालाई खोप दिन सफल भएको पनि उनले बताए।
नेपालमा हालसम्म १६ लाख ५ हजार ७०६ जनालाई खोप लगाइएको छ।