काठमाडौं– अखिल नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा चुडामणि भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्।
मंगलबार काठमाडौंको पेरिसडाँडामा भएको संघको दोस्रो राष्ट्रिय सम्मेलन तथा भेलाले भण्डारीलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो।
यस्तै संघको इन्चार्जमा दिपेन्द्र खड्का पनि सर्वसम्मतले निर्वाचित भएका छन्। अन्य सदस्यहरुको परिणाम भने आउन बाँकी नै छ।