काठमाडौं- मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
नर्भिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको उल्लेख गरेको छ। उनलाई फागनु १४ गते मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ।
अस्पतालले केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार आएपनि केही दिन भेन्टिलेटरबाहिर राखिएको पनि अस्पतालले जनाएको छ।
हल भेन्टिलेटरमा राखि उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ।