काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गतेदेखि संचालन भएकोे दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सकिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को चैत ४ गते बसेको बैठकले चैत ३ गते दोस्रो चरणको खोप अभियान सकिएको जनाएको छ।
बैठकले नियमित खोप वा बाध्यात्मक अवस्थाका कारण संचालन गर्न ढिलाई भएका जिल्ला र स्वास्थ्य संस्थाहरुमा कोभिड१९ जिल्ला जा सम्बन्धित समन्वय तथा अनुगमन समितिको निर्णयका आधारमा बाँकी खोप सेसन संचालन गर्ने निर्णय गरेको छ।
दोस्रो चरणको पहिलो चरणमा ११ लाख ५६ हजार १५६ जनाले खोप लगाइसकेका छन्। दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई खोपको पहिलो मात्रा लगाउने समय पछि प्रकाशित गर्ने बैठकले निर्णय गरेको छ।