काठमाडौं– नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २ हजार ७८१ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
डा गौतमका अनुसार भक्तपुरमा ११, ललितपुरमा १३ र काठमाडौं २९ गरी काठमाडौं उपत्यकामा मात्र ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घण्टामा ५५ जना कोरोना संक्रमित निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९५४ जना रहेको छ।जसमध्ये संस्थागत आइसोलेसनमा १८७ र होम आइसोलेसनमा ७६७ जना रहेका छन्।
यस्तै ४९ जना क्वारेन्टिनमा रहेका छन्।
डा गौतमका अनुसार हालसम्म कोरोनाबाट निको हुनेको दर ९८ दशमलब ६ प्रतिशत छ।