काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट अनुदान स्वरुप उपलब्ध भएको पहिलो खेप खोपको बाँकी मौज्दात सहित खोपको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को चैत ४ गते बसेको बैठकले सबै खोप केन्द्रलाई मौज्दातसहित सम्पूर्ण खोपको विवरण दुई दिन भित्र केन्द्रमा पठाउन निर्देशन दिएको हो।
मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा पठाएको र बाँकी रहेको खोपलाई भण्डारण केन्द्रमा सुरक्षित राखि पहिलो प्राथमिकतामा परी पहिलो मात्रा खोप लगाएका स्वास्थ्यकर्मी लगायतका लागि सुरक्षित राख्न समेत निर्देशन दिएको छ।