काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा परेर पनि कोरोना खोप लगाउन छुटेका कुटनीतिक नियोगहरुका कर्मचारीका लागि खोप लगाउनका लागि चार दिन समय थप गरेको छ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को आज बसेको बैठकले पहिलो प्राथमिकतामा परि बाध्यात्मक अवस्थाका कारण कोरोना खोप लगाउन छुटेको कुटनीतिक नियोगका व्यक्तिहरुका लागि त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा थप चार दिन खोप कार्यक्रम संचालन गर्न गर्ने निर्णय गरेको हो।
उक्त बैठकले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सिमानाका नाकाहरुमा कोभिड-१९ को निगरानी सघन रुपमा बढाउन पनि निर्देशन दिएको छ।
साथै, अस्पतालहरुमा हुने मृत्युको कारणलाई विस्तृत परीक्षण सहितको विवरण प्रतिवेदन नियमति रुपमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।