काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २५४ जनामा परीक्षण गर्दा १०७ जनामा कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा ४४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ८ जना सहित काठमाडौं उपत्यकामा मात्र ५९ जना संक्रमित छन्।
योसँगै नेपालमा हालसम्म २ लाख ७५ हजार ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १५ जना रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा कोरोना निको हुनेको दर ९८ दशमलब ५ प्रतिशत अर्थात २ लाख ७१ हजार ६१० रहेको छ।
यस्तै हाल देशभर एक हजार जना सक्रिय संक्रमित आइसोलेसनमा छन् भने ५२ जना क्वारेन्टिनमा रहेका छन्।