काठमाडौं- चितवनस्थित शक्तिखोर स्वास्थ्य चौकीमा कार्यरत अनमी गंगा रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ। रानाको हिजो(शुक्रबार) कार्यालय आउँदै गर्दा स्कुटर दुर्घटनामा परी मृत्यु भएको शक्तिखोर स्वास्थ्य चौकीले जनाएको छ।
एक कर्तव्य निष्ठ र इमान्दार कर्मचारी,सक्षम र अनुशासित कर्मचारीलाई अल्पायुमै गुमाउनु पर्दा स्वास्थ्य चौकीले अपुरणिय क्षति बेहोर्नुपरेको भन्दै छ नै स्वास्थ्यचौकीले शोक तथा समवेदना व्यक्त गरेको छ।