डडेल्धुरा- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यनरत विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरेका छन्। जनस्वास्थ्य महाविद्यालय अन्तर्गत जनस्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत तथ्यांक प्रस्तुतिकरण गरिएको हो।
ब्याचलर इन पब्लिक हेल्थ (बिपिएच) अध्ययनरत विद्यार्थीहरुद्वारा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।
कर्णाली प्रदेशको विकट जिल्लाको रुपमा मानिने दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकममा उक्त तथ्यांक प्रस्तुत गरेको हो।
उक्त कार्यक्रममा वडा नं. ४ मा गरिएको स्वास्थ्य सम्बन्धी नमूना सर्वेक्षणबाट विभिन्न १० वटा प्रमुख स्वास्थ्य समस्याहरु खोज अनुसन्धान गरेको छ। जसमा जीवनजल बनाउने तरिका, खानेपानी शुद्धिकरण, घरबाट निस्कने फोहर व्यवस्थापन रहेको छन्। यसैगरी कम उमेरमा विवाह तथा गर्भवती हुने समस्या, घरभित्रको हावा प्रदुषण, खाद्य विविधता तथा कुपोषण सम्बन्धी समस्याहरु पत्ता लगाएको विद्यार्थी विनोद भट्टले बताए।
एक महिनाको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम रहेकोमा २२ औँ दिनमा प्राथमिक तथ्यांक प्रस्तुत गरेको हो। ३० औँ दिन अन्तिम प्रस्तुतीकरण रहने उनले बताए।