काठमाडौं– विश्वका १३९ वटा देशमा गरिएको खुसी मुलुकको अध्ययनमा नेपाल ८७ औं स्थानमा परेको छ। दक्षिण एसियामा हेर्दा नेपाल खुसी मुलुकको पहिलो नम्बरमा परेको छ। यो अध्ययनमा भुटान भने सहभागि भएको थिएन।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दक्षिण एसियामा 'नेपाल सबैभन्दा खुसी भएको देश' बनेको भन्दै सरकारले खुसी व्यक्त गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा गुरुङले नेपालको लागि यो 'गुड न्यूज' भएको बताए।
सन् २०२१ को वल्ड ह्याप्पीनेसको रिपोर्टका अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५ दशमलब २६९ अंक प्राप्त गरी नेपाल ८७ औं स्थान प्राप्त गरेको मन्त्री गुरुङले बताए।
उनका अनुसार १३९ वटा मुलुकका नागरिकसँग अन्तरक्रिया गरि खुसीको विषयमा विश्लेशण गरी यो रिपोर्ट सार्वजनिक गरिएको हो।
मन्त्री गुरुङले भने, ‘हामी दक्षिण एसिया मुलुकमा नेपाल खुसी मुलुक हो भनेर दर्ता भएको खुसीको विषय हो।’