काठमाडौं– सरकारले जापान सरकारले नसर्ने रोगको निदान र उपचारमा नेपाललाई दिन लागेको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै जापान सरकारले नसर्ने रोगको निदान र उपचारमा दिन लागेको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।
मन्त्री गुरुङका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारले उपलब्ध गराउन लागेको एक अर्व ८ करोड रुपैयाँ बराबरको अनुदान रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
उनका अनुसार सहयोगमा नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने उपकरण र वस्तुगत सामाग्री रहको छ।