काठमाडौं- मेडिकल त्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) केन्द्रीय कार्य समितीले सेवा निवृत स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई बिदाइ एवं सम्मानित गरेको छ।
राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको सभा हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाका निर्देशक डा रुणा झा, विशिष्ट अतिथि प्रमुख मेडिकल टेक्नोलोजीष्ट लिली श्रेष्ठ, अतिथिहरुमा सिनियर कन्सन्टेन्ट प्याथोलोजिष्ट डा. रेखा मानन्धर र सह प्रमुख मेडिकल टेक्नोलोजिष्ट ज्योती आचार्य थिए।
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विर अस्पताल, ट्रमा सेन्टर, टेकु अस्पताल, कान्ति बाल अस्पतालबाट सेवा निवृत भएका स्वास्थ्य प्रयोगशालाकर्मीहरु प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजीष्ट डा मुकुन्दा शर्मा, सह-प्रमुख मेडिकल टेक्नोलोजिष्ट डा विष्णु प्रसाद उपाध्याय र डा धुव कुमार खड्का, वरिष्ठ कन्सल्ट्याण्ट प्याथोलोजीष्ट डा भरत अमात्य, वरिष्ठ मेडिकल टेक्नोलोजिष्ट उरेन्द्र बहादुर थापा, मेडिकल टेक्नोलोजीष्ट तेज रत्न तुलाधर र प्रेम प्रसाद त्रिपाठी, मेडिकल ल्याब टेक्नोलोजिष्ट निरीक्षक लक्ष्मण महर्जन र रामजी श्रेष्ठ, मेडिकल ल्याब टेक्निसियन निरीक्षक सुशील कुमार जोन्छे र कृष्ण प्रसाद धिताल गरि ११ जना स्वास्थ्य प्रयोगशालाकर्मीलाई सम्मान गर्दै बिदाई एवं कदर पत्र प्रदान गरिएको छ।
कार्यक्रमको अध्यक्षता मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले गरेका थिए।
कार्यक्रममा मेलानका केन्द्रका सचिव रोशन कुमार परियार र कोषाध्यक्ष पिताम्बर पन्तले अतिथिहरूलाई खादा लगाई र वरिष्ठ उपाध्यक्ष देवराज गौतमले मन्तव्य सहित शुभकामना मन्तवय व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि डा झाले कोभिड–१९ व्यवस्थापनमा मेलानले खेलेको उल्लेखनीय भूमिकाको सम्झना गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहकार्य गर्दे अघि बढ्ने कुरा बताइन्। सेवा निवृत भएकाहरुको तर्फबाट डा मुकुन्दा शर्मा, डा विष्णु प्रसाद उपाध्याय र डा ध्रुव खड़काले आगमी दिनमा प्रयोगशाला क्षेत्रको विकासको लागि आफुहरुले प्राप्त गरेको अनुभव प्रदान गर्दै मेलानसँगै हातेमालो गरी अघि बढ्ने बताए।
उत्त कार्यक्रममा मेलानका आजीवन सदस्य हरुलाई सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो।