काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ।
सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमामा कडाई गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउन, अनावश्यक भीडभाड बन्द गराउन निर्देशन दिइएको प्रवक्ता बुढाले बताए।
त्यस्तै क्वारेन्टाइनदेखि आइसोलेसनसम्म तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।