बाजुरा- बाजुराको हिमाली गाउँपालिकामा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजना गरिएको छ।
चैत १२ गते बाजुरा जिल्लाको विकट हिमाली गाउँपालिका एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजना गरिएको हो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा कार्यालयको आयोजनमा भएको उक्त स्वास्थ्य शिविरमा ५७३ जनाले स्वास्थ्य सेवा लिएका थिए। जसमध्ये ३०७ जना पुरुष र २६६ जना महिला थिए रहेको बताइएको छ।
बाजुराका आयुर्वेद चिकित्सक डा अच्युतशाली घिमिरेले स्वास्थ्य परीक्षण गरेका थिए। उक्त शिविरमा हाडजोर्नी, अम्लपित्त, स्वासप्रश्वासका बिरामीहरु बढी आएको उनले बताए। साथै, पायल्स, बाथरोग, फिसर, पिनास, महिलाहरुको सेतो पानी बग्ने समस्या, तल्लो पेट दुख्ने, छाला, पत्थरी जस्ता समस्या भएका व्यक्तिहरुको निशुल्क उपचार गरी आयुर्वेदिक औषधि वितरण गरिएको थियो।
स्वास्थ्य शिविरमा विछ्या, रुगिन, खत्याडा(मुगु), धिमे,बाँधु, स्वामीकार्तिक, पाण्डुसेन जस्ता दुर्गम ठाउँमा मानिसहरु आएका थिए।