काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेको भन्दै मर्निङवाक नजान अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ।
स्वास्थ्य मन्त्रालयले फोहोरको उचित व्यवस्थापन गर्न, फोहोर नजलाउन, घरबाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न, कोभिड-१९ का लागि तोकिएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन समेत अनुरोध गरेको छ।
साथै, धुलोधुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र अत्यावश्यक बाहेक सवारी साधन नलाउन समेत अपिल गरेको छ।