काठमाडौं- सरकारले नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा पाण्डे र रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।
काउन्सिलका अध्यक्ष केशवध्वज जोशीको चार बर्षे कार्यकाल १७ फागुनमा सकिएपछि अध्यक्ष पद रिक्त थियो।
यस्तै, काउन्सिलमा रिक्त सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त भएका छन्।