काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका छन्। काउन्सिलका अनुसार परीक्षामा सहभागीमध्ये ४६ दशमलव ९७ प्रतिशत मात्र पास भएका छन्।
काउन्सिलले शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा लिएको थियो। परीक्षामा ३३० जना सहभागी भएका थिए। जसमध्ये १५५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका एक सदस्यले जानकारी दिए।
विशेषज्ञ परीक्षामा विभिन्न ३४ वटा विषयमा परीक्षा लिइएको थियो।