काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ।
मष्तिष्कघात भए थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले उपचारका सबै प्रयास जारी राखिएको अवस्थामा जोशीको निधन भएको जानकारी दिए।
'मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो। भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो,' उनले भने, 'शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो। उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो।'
फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो।